दिनेश बोर्ड अध्यक्ष बनेपछिको संयोग : इगोका बीच पनि दीपक र जितुले एकअर्कालाई खुवाए लड्डु
काठमाडौं : कलाकार दीपकराज गिरी र जितु नेपालको सम्बन्ध राम्रो छैन्। जितुले दीपाश्री निरौलालाई टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष पदबाट हटाएपछि सुरू भएको इगो अगामी असोज २४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’सँग जितुले ‘ज्वाइँ साब’ जुधाएर थप चर्काएका छन्।
आफूहरूको पानी बाराबार जस्तै देखिने सम्बन्धलाई सोमबार भने उनीहरुले चकित बनाए, त्यो पनि चलचित्र विकास बोर्डमा।
तीन दशकअघि टेलिसिरियल ‘टवाक्क टुक्क’मा अवसर दिएको भन्दै दीपक-जितुले गुरु मानेका सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले चलचित्र विकास बोर्डमा अध्यक्ष पदभार गर्दा दुवैजना बधाई दिन पुगे। जितुले खादा र लड्डु लगेका थिए भने दीपकले खादा लगाइदिएर बधाई दिए। सोही क्रममा जितुले दिनेशलाई लड्डु खुवाउँदा सँगै रहेका दीपकलाई पनि खुवाएका थिए।
फिल्म ‘छक्का पञ्जा ५’का कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) पनि त्यही थिए। चारै जनाले मिलेर तस्विर खिचाए अनि बाहिरिए।
सुरुमा दीपकले जितुको हातबाट लड्नु खाने मनसाय बनाएको देखिएको थिएन। तर, जितुले कर गरेको पछाडिको सिटबाट प्रष्ट देखिन्थ्यो।
एक वर्षअघि दसैंमा फिल्मको घोषणा गरेका दीपकदीपाको फिल्म ‘छक्का पञ्जा ५’सँग हालै खिचेको फिल्म ‘ज्वाइँ साब’भिड्न पुगेको हो। यसैबाट यी दुई टिम बीचको सम्बन्ध चिसिएको हो।
फिल्म छक्का पञ्जालाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् भने ‘ज्वाइँ साब’वसन्त निरौलाले निर्देशन गरेका हुन्। दुवै फिल्मको कथा दुलाहा र दुहलीबीचको कथा वरिपरि घुमेको पोस्टर तथा ट्रेलरबाट बुझ्न सकिन्छ।
भदौ १६, २०८१ सोमबार १६:५६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।