१२७.३२ अंक बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो
काठमाडौं : आठ कारोबार दिनको करेक्सनपछि नेप्से परिसूचक १२७.३२ अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको हो।
जुन रुपमा नेप्से परिसूचक बढ्यो कारोबार रकम भने त्यो रुपमा बढेन। सोमबार कारोबार रकम १३ अर्ब १० करोड पुग्यो। अघिल्लो दिन आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको थियो।
२३९ कम्पनीको सेयर मूल्य बढेको छ। नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो।
पाँच कम्पनीको सेयर मूल्य घटेको छ। माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्दा बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढेको छ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ। बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढेको छ।
भदौ १७, २०८१ सोमबार १५:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।