‍स्काइवेलका १२६ विद्युतीय सवारी बुकिङ

‍स्काइवेलका १२६ विद्युतीय सवारी बुकिङ

काठमाडौं : ‘नाडा अटो शो २०२४’ मा स्काइवेलका १२६ विद्युतीय सवारीको बुकिङ भएको छ।

स्काईवेल इटि५- ६२० किमी, बिई११ मोडेलका ५२० किमी र ४२० किमीका १२६ गाडी बुकिङ भएको आधिकारिक वितरक जी मोटर्सका कार्यकारी निर्देशक पारशमणि गेलालले जानकारी दिए।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटि५- ६२० किमी प्रिमियम विद्युतीय यसयुभी बिक्री-बितरण भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेशल मूल्य ४१० किमी, बिई११ को ७५.९० लाख, बिई११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी५ को मूल्य १ करोड १० लाख कायम गरेको छ।

आफ्ना गाडी बुकिङ गर्ने ग्राहकहरूलाई कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले कृतज्ञता व्यक्त गरे। कम्पनीले बुकिङ गरेका ग्राहकलाई १/२ दिन भित्रबाटै सवारी डेलिभरी गर्ने तयारी गरिरहेको जनाएको छ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

स्काईवेल ६५ भन्दा बढी देशहरूमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।

नाडा शोपछि सबै मोडेलमा पाँच लाखले मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ।

भदौ १६, २०८१ सोमबार १३:४७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।