पाल्पामा स्कुटर दुर्घटना चालकको मृत्यु

पाल्पामा स्कुटर दुर्घटना चालकको मृत्यु

रामपुर : पाल्पाको रामपुर नगरपालिका-१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर-१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

भदौ १६, २०८१ सोमबार १३:१२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।