१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

रूपन्देही : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन्।

उनीहरूले ती किशोरीलाई भदौ पाँच गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पीडितलाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ १६, २०८१ सोमबार १२:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।