चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

काठमाडौं : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन्।

सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरूले फूल-मालाले स्वागत गरेका थिए।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

भदौ १६, २०८१ सोमबार ११:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।