कुमारी बैंकका ग्राहक र परिवारलाई श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँ छुट
काठमाडौं : कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौता भएको छ।
कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ।
यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरूबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरूले कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट पाउन सक्नेछन्।
यस सुविधाबाट सेवाग्राहीहरूको गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकको विश्वास छ।
भदौ १६, २०८१ सोमबार ११:३४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।