सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुन तोलाको तीन सय रुपैयाँ घट्दा चाँदीको मूल्यमा २० रुपैयाँको कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ तोकिएको छ। आइतबार एक लाख ५२ हजार तीन सय रुपैयाँ थियो।
यस्तै चाँदी आज तोलाको एक हजार ७७५ रुपैयाँमा झरेको छ। आइतबार एक हजार ७९५ रुपैयाँ थियो।
भदौ १७, २०८१ सोमबार ११:०६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।