नाडा अटो शोमा एमएडब्लुको एक हजार सवारी बुकिङ

नाडा अटो शोमा एमएडब्लुको एक हजार सवारी बुकिङ

काठमाडौं : एमएण्डब्लु समूहले नाडा अटो शो २०२४  मा एक हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको बुकिङ गरेको छ।

एमएण्डब्ल समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरू साधन बुकिङ गरेको हो।

बुकिङपछि एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शोमा आफ्ना साधनहरूप्रति ग्राहकले देखाएको उत्साहप्रति धन्यवाद दिँदै अतुलनीय सफलताको घोषणा गर्न पाउँदा खुसी लागेको बताए।

एमएडब्लु वृद्धि समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे।

एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित छ।

भदौ १६, २०८१ सोमबार १०:४२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।