अटो बजारको माहौल बनाएर सकियो नाडा अटो शो : ८२ हजारको अवलोकन, चिनिया इभीको दबदबा

अटो बजारको माहौल बनाएर सकियो नाडा अटो शो : ८२ हजारको अवलोकन, चिनिया इभीको दबदबा

काठमाडौँ : मङ्गलवारदेखि सुरु भएको नाडा अटो शो आइतबार सक्किदा ८२ हजार अटो शो अवलोकन गरे। आयोजकका अनुसार शनिवार एकै दिन साढे १८ हजारसम्म भृकुटीमण्डप पुगेका थिए। आयोजकले ७५ हजारले अवलोकन गर्ने अनुमान गरेकोमा सङ्ख्या ८२ हजार पुगेकाले शो सफल देखियो।

चिनिया अझ विशेष चिनिया विद्धुतिय सवारीको कब्जा बराबर रहेको अटो शोमा आइतबारसम्ममा ४ हजार बढी सवारीसाधन बुकिङ भएको दाबी गरिएको छ।

अटो शोमा पुगेका अधिकांशको ध्यान चिनिया विद्धधुतिय सवारीमै केन्द्रित थियो। विभिन्न चिनिया ब्रान्डका बिचमा स्काइवेलमा अवलोकनकर्ताहरूको विशेष चासो देखिन्थ्यो। समापनहुँदासम्म स्काइवेलको १ सय २६ वटा गाडी बुकिङ भएको कम्पनीले दाबी गरेको छ।

उता टाटाका विभिन्न मोडलहरूको गाडीमा पनि आगन्तुकहरू झुम्मिएका थिए।  नाडामा टाटाको ‘टाटा पन्च ईभी’ ४७५ र ‘टियागो ईभी’ १६९ गरेर ६४४ युनिट बुकिङ भएको टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जानकारी दिएको छ।

कालोबजारीको विवादमा सारडा समूह 

इभीमा आकर्षणसँगै त्यसको मूल्यबारे पनि सामाजिक सञ्जाल निकै गर्मायो। प्रडक्सन कष्ट र नेपालसम्म ल्याउँदाको खर्च कटाउदा पनि ४० लाख हाराहारीमा आउने केही ब्रान्डका सवारीसाधनको मूल्य ६२ लाखसम्म तोकिएको थियो। २० प्रतिशतभन्दा बढी नाफा लिए कालोबजारी कानुन लागु हुने तर चिनिया इभीमा केही व्यवसायीले गरिरहेको कालोबजारीबारे भने सम्बन्धित निकाय मौन रहेको भन्दै आलोचना भएको थियो।

विशेष गरेर  जेको-जेसिक्स, अमोडा इ-५ नेपालमा ल्याएर विक्री गरिरहेको सारडा समूहका सहायक कम्पनीहरू बढी विवादमा तानिए।

भदौ १५, २०८१ आइतबार २२:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।