प्रहरी र सशस्त्रमा ३० वर्षीय सेवा प्रावधानको प्रभाव : तीन डिआइजीसहित एक सय ६ प्रहरीको एकै पटक अवकाश

प्रहरी र सशस्त्रमा ३० वर्षीय सेवा प्रावधानको प्रभाव : तीन डिआइजीसहित एक सय ६ प्रहरीको एकै पटक अवकाश

काठमाडौँ : नेपाल प्रहरी र सशस्त्रमा कायम रहेको ३० वर्षीय सेवा अवधिका आधारमा अवकाश हुने प्रावधान अनुसार आइतबार एकै पटक एक सय ६ जना प्रहरी कर्मचारीले अवकाश पाए। अवकाश सम्बन्धी प्रावधानको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा आएको अन्तरिम आदेश खारेज भएसँगै उनीहरू भदौ १६ बाट एकै पटक अवकाश पाए।

नेपाल प्रहरीका ९० प्रहरी अधिकृत भदौ महिनामै अवकाशमा जाँदैछन्। आइतबारबाट डिआइजी विष्णुकुमार केसीसहित, एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मीले अवकाश पाए।

आइतबार नेपाल प्रहरीका ११ एसपीले पनि अवकाश पाए। कृष्ण प्रसाईँ, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधानले अवकाश पाए।

३० वर्षीय सेवा अवधिका आधारमा श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डिएसपीले अवकाश पाए।

अवकाश पाउने ३४ प्रहरी निरीक्षकहरूमा योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईँ, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेललगायत छन्।

पदावधिको आधारमा अवकाशको प्रावधानविरुद्ध रिट लिएर अदालत गएका एआईजी श्यामलाल ज्ञवालीले  भदौ २६ मा अवकाश पाउदैछन्। उनी विरुद्ध प्रहरी प्रधान कार्यालयले पदीय अधिकार दुरुपयोगबारे अनुसन्धान गरिरहेको थियो। अनुसन्धानको निष्कर्ष अवकाश अगाडि आउने सम्भावना देखिएन।

उता सशस्त्र प्रहरी बलमा पनि ३० वर्षीय सेवा अवधिकै आधारमा दुई डिआइजी सहित १६ जनाले अवकाश पाए। डिआइजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराईसँगै एसएसपी विश्वकुमार भट्टराईसहितका अधिकृतहरू अवकाशमा गए। आइतबारै ११ जना एसपीहरू पनि अवकाशमा गए।

आइतबारबाट एसपीहरू पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दीपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन विष्ट र उद्धवबहादुर रावलले अवकाश पाए। डिएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गए।

भदौ १५, २०८१ आइतबार १५:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।