नेप्से निरन्तर ओरालोमा, साताको पहिलो दिन २७ सय तल झर्यो
काठमाडौँ : तीन हजार विन्दु पुगिसकेको नेप्से परिसूचक निरन्तर झर्दै २७ सय तल पुगेको छ। यो साताको पहिलो दिनको कारोबारमा नेप्से ५३.६३ अङ्कले झरेर २६९५.९३ अंकमा पुगेर बन्द भयो। आइबार ३१ कम्पनीको सेयर बढ्दा २०९ कम्पनीको झर्यो। चार कम्पनीको मूल्य यथास्थितिमा रह्यो।
सेयर बजारको परिसूचकसँगै कारोबार रकम समेत निरन्तर झरिरहेको छ। आइतबार १० अर्ब ५१ करोडको मात्र कारोबार भयो। यो बिचमा कारोबार रकम समेत बढेर ३० अर्ब पुगेको थियो। नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर ओरालो लागेको हो।
आइतबारको कारोबारमा बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घट्यो।
सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढ्यो। उता पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो।
उपकार लघुवित्तको ९.९, नेपाल फाइनान्सको ९.५, मिडसोलु हाइड्रोपावरको ९.२, बुद्धभूमि हाइड्रोपावरको ७.९, हिमालयन हाइड्रोपावरको ७.९, माथिल्लो मैलुङखोलाको ७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घटेको छ।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर अगाडि रहेका थिए।
भदौ १६, २०८१ आइतबार १५:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।