भिरकोटबाट दमौली गइरहेको जिप दुर्घटना, ६ जना घाइते

भिरकोटबाट दमौली गइरहेको जिप दुर्घटना, ६ जना घाइते

दमौली : ऋषिङ गाउँपालिका–१ झापुटारमा  आइतबार बिहान दमौलीतिर गइरहेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्।    

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडक छेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन। घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।    
 

भदौ १५, २०८१ आइतबार १४:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।