संविधान शंसोधनबारे धनराज : प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राखौं, सांसदको संख्या घटाऔं

संविधान शंसोधनबारे धनराज : प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राखौं, सांसदको संख्या घटाऔं

इलाम : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति शुरू गरेको बताएका छन्। 

इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको आरोप लगाए। 

उनले असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको बताए। 

उपसभापति गुरुङले संविधान शंसोधन गरेर सांसदको संख्या घटाउनु पर्ने बताए। प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने उनको माग छ। 

उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने, स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा जोड दिए। 

भदौ १५, २०८१ आइतबार १०:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।