सिमलतालमा बस र ट्रक ठोक्किँदा ३ जना घाइते, बस चालक फरार (अपडेट)

सिमलतालमा बस र ट्रक ठोक्किँदा ३ जना घाइते, बस चालक फरार (अपडेट)

काठमाडौं : चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किँदा तीनजना घाइते भएका छन्। 

घाइते हुनेमा ट्रक चालक, सहचालक र अन्य एकजना छन्। तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ। 

बसमा सवार अन्य कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालका अनुसार बसका चालक फरार छन्। 

आज बिहान चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका थिए।

भदौ १५, २०८१ आइतबार ०९:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।