इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडलाई जित्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडलाई जित्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्टह्याम युनाइटेडमाथि ३-१ को जित हासिल गरेको छ।

गएराति भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक गरेर सिटीको जितलाई सुनिश्चित गरे।

हालान्डको उत्कृष्ट प्रदर्शनले सिटीलाई यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिन मद्दत गरेको छ। खेलको सुरुआतदेखि नै सिटीले बलमा पकड जमाउँदै वेस्टह्यामलाई दबाबमा राख्यो। 

खेलको १०औँ मिनेटमा बर्नाल्डो सिल्भाको पासमा हालान्डले पहिलो गोल गरे।

वेस्टह्यामले केही समयपछि बराबरी गर्ने प्रयासगर्यो, तर सिटीको मजबूत डिफेन्सले उनीहरूको हरेक प्रयासलाई विफल गरेको थियो।

सिटीका डिफेन्डर रुबेन डियासको दुर्भाग्यपूर्ण गल्तीले खेलको १९औँ मिनेटमा वेस्टह्यामलाई बराबरीको मौका दियो। डियासले आफ्नै पोस्टमा गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो। तर, वेस्टह्यामले यो लाभलाई लामो समयसम्म कायम राख्न सकेन। 

खेलको ३०औँ मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा पनि सिटीको नियन्त्रण जारी रह्यो। ८३ औँ मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गरे, जसले सिटीको जितलाई पक्का गर्यो। 

यो हालान्डको यस सिजनको दोस्रो ह्याट्रिक हो, जसले उनलाई प्रिमियर लिगको गोल्डन बुटको दौडमा प्रमुख दावेदार बनाएको छ।

यस जितसँगै म्यान्चेस्टर सिटीले तीन खेलबाट पूर्ण ९ अंक जोड्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता सिटीले यस सिजन पनि उपाधि रक्षा गर्ने दृढता देखाएको छ। 

वेस्टह्याम भने तीन खेलबाट मात्र ३ अंक बटुल्दै १४औँ स्थानमा रहेको छ। 

भदौ १५, २०८१ आइतबार ०८:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।