सिमलतालमा भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक ठोक्किए

सिमलतालमा भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक ठोक्किए

काठमाडौं : चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किएका छन्।

आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिइन्। 

उनले दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको बताइन्। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

भदौ १५, २०८१ आइतबार ०७:४४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।