बसले बाटो क्रस गर्दै गरेको मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

बसले बाटो क्रस गर्दै गरेको मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं : झापाको बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम माईनगरपालिका-४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। 

प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी तुलसा घाइते भएपछि बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो। 

उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालक कन्काई नगरपालिका-३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका-४ कै ठिरप्रसाद सुवेदीसमेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।  

भदौ १४, २०८१ शनिबार २१:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।