कलंकीमा स्कुटर दुर्घटना हुँदा पाल्पाका एक पुरुषको मृत्यु, ठक्कर दिने मोटरसाइकल चालक फरार

कलंकीमा स्कुटर दुर्घटना हुँदा पाल्पाका एक पुरुषको मृत्यु, ठक्कर दिने मोटरसाइकल चालक फरार

काठमाडौं : काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बा५२प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो। 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएपनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको जनाएको छ। 

भदौ १४, २०८१ शनिबार १९:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।