छिमेकीको किरियाबाट फर्किँदा सामान्य विवादमा ढुंगा प्रहार गरी साथीको हत्या, आरोपी एक पक्राउ

छिमेकीको किरियाबाट फर्किँदा सामान्य विवादमा ढुंगा प्रहार गरी साथीको हत्या, आरोपी एक पक्राउ

काठमाडौं : साथीको हत्या आरोपमा नुवाकोटको विदुर नगरपालिका-७ का ६५ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका छन्। 

म्यागङ गाउँपालिका-३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

उनका अनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुंगा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो। 

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकार सहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।  

भदौ १४, २०८१ शनिबार १६:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।