एमालेको तीज कार्यक्रममा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’, नाचे पद्‌मा, अष्टलक्ष्मी, लालबाबु

एमालेको तीज कार्यक्रममा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’, नाचे पद्‌मा, अष्टलक्ष्मी, लालबाबु

काठमाडौं : एमालेले पार्टीको मुख्यालयमा तीज विशेष कार्यक्रम आयोजना गरेको छ।

एमालेको गण्डकी प्रदेश सम्पर्क समितिले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा महिला नेताहरूको सम्मानमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पार्टीका महिला तथा पुरुष कार्यकर्ताको साथमा पद्‌मा अर्याल, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डित लगायतका नेता पनि नाचे। उनीहरू नाचेको गीत थियो, खेम सेन्चुरी र मधु क्षेत्रीको तीज गीत ‘सोचे झैँ जिन्दगी रैनछ।’ 

एमाले कार्यकर्ताहरूले तीजका परम्परागत गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको उक्त कार्यक्रम उल्लासमय बनाएको थियो।

हरितालिका (तीज) पर्व भाद्र शुक्ल तृतीयाका दिनमा गरी मनाइन्छ।

भदौ १४, २०८१ शनिबार १६:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।