अमेरिका र इराकको संयुक्त कारबाहीमा १५ आईएस लडाकू मारिए
एजेन्सी : अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट(आईएस)का १५ लडाकु मारिएका छन्।
इराकको पश्चिमी भागमा गरिएको संयुक्त कारबाहीमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।
सेन्ट्रल कमाण्डले एक विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी र इराकी सैनिकहरूले खतरनाक हतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्टले सशस्त्र लडाकुहरूको सामना गरे। यो घटनामा कोही पनि सर्वसाधारण मारिएका छैनन्।’
यद्यपि केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।
यसअघि जारी गरिएको विज्ञप्तिमा इराकी सेनाले संयुक्त कारबाहीका क्रममा गरिएको हवाई आक्रमणमा अतिवादीहरूको स्थानलाई निशाना बनाइएको जनाएको थियो।
भदौ १५, २०८१ शनिबार १४:०८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।