३० घण्टाको ब्याट्री ब्याकअपको दाबीसहित रेड्मी बड्स ५ ए सार्वजनिक, कति पर्छ मूल्य?

३० घण्टाको ब्याट्री ब्याकअपको दाबीसहित रेड्मी बड्स ५ ए सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : रेड्मी नेपालले ३० घण्टाको ब्याट्री ब्याकअपको दाबीसहित रेड्मी बड्स ५ ए सार्वजनिक गरेको छ।

एक्टिभ नोइज क्यान्सिलेसन रहेको यो उत्पादनमा ट्रान्सपेरेन्सी मोड समेत छ, जसले प्रयोगकर्तालाई अडियोको मजा लिँदै वरपरको वातावरणको जानकारी राख्ने सुविधा पनि दिन्छ। यसले आकर्षक अडियो र सुरक्षाबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ।

गुगल फास्ट पेयरले गर्दा यो इयरबड्स अरु डिभाइसहरूसँग तुरुन्तै कनेक्ट हुनुका साथै आइपिएक्स फोर रेटिङले पसिना र पानीका छिटाहरूबाट पनि बचाउँछ।

साथै एआई इन्भारोमेन्टल नोइज क्यान्सिलेसनल रहेको फोना ३० घण्टाको ब्याट्री लाइफ छ। ४४० एमएएच ब्याट्री चार्जिङ केससहित प्रत्येक इयरबडमा ३४ एमएएच ब्याट्री रहेको छ।

प्रयोगकर्ताले चार्जिङ केस एक पटकको चार्जमा ३० घण्टासम्मको प्लेब्याक समय र प्रत्येक इयरबडमा ५ घण्टा निरन्तर प्रयोग गर्न सक्नेछन्। क्वीक चार्ज सुविधाले मात्र १० मिनेटको चार्जमा ९० मिनेटको प्लेब्याक प्रदान गर्छ।

प्रत्येक इयरबडको तौल मात्र ३.६ ग्राम मात्र हुँदा लामो समयसम्म पनि आरामले प्रयोग गर्न सकिन्छ।  चार्जिङ केससहित कुल तौल लगभग ४१.२ ग्राम मात्र रहेको रेड्मी बड्स ५ ए को मूल्य दुई हजार ४९९ रुपैयाँ तोकिएको छ।

भदौ १४, २०८१ शनिबार ११:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।