मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरूद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक
काठमाडौं : टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ।
नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको १२५ सीसीको नयाँ भेरियन्टको स्कुटर सार्वजनिक गरिएको हो।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआई बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ। यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन्।
साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ। एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य दुई लाख ७९ हजार नौ सय रुपैयाँ तोकिएको छ।
अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भेरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।
टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्ट्सको एक घण्टाभित्र डेलिभरीको सुविधा समेत दिएको छ। साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइन छ। नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ।
भदौ १४, २०८१ शनिबार ११:१७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।