ब्रिटिस कलेजले ‘पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता’ गर्दै
काठमाडौं : द ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले आयोजना गर्न लागेको प्रतियोगिता आउँदो आइतबारदेखि तीन दिनसम्म बालुवाटारस्थित ढुकु स्पोर्टस् हबमा हुन लागेको हो।
सन् २०१८ देखि निरन्तर रुपमा हुँदै आएको ब्रिटिस कपको यस संस्करणमा १९ टिमको सहभागिता रहने छ।
लिगकम नकआउट संरचनामा हुने प्रतियोगिताको समूह ‘ए’मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौं विश्वविद्यालयको ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज रहेका छन्।
समूह ‘बी’मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज रहेका छन्।
त्यस्तै, समूह ‘सी’मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज रहेका छन्। समूह ‘डी’मा भेदास कलेव, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर रहेका छन्।
प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र एउटा टिमले फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने ब्रिटिस कलेजले जनाएको छ।
ब्रिटिस कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पाँचौं संस्करणको प्रतियोगिता गर्न पाउँदा खुसी लागेको भन्दै प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टस्म्यानसिपलाई प्रोत्साहित गर्नु भएको बताए।
भदौ १४, २०८१ शनिबार १०:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।