युक्रेनी वायुसेना प्रमुख हटाएको केही घण्टामै रुसद्वारा आक्रमण, १४ वर्षीया बालिकासहित सात जनाको मृत्यु

युक्रेनी वायुसेना प्रमुख हटाएको केही घण्टामै रुसद्वारा आक्रमण, १४ वर्षीया बालिकासहित सात जनाको मृत्यु

एजेन्सी : उत्तरी युक्रेनको खार्किभ शहरमा रुसी आक्रमणमा परी १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेका छन्।

यसबाहेक रुसी सीमा नजिकै रहेको युक्रेनको १२ तले भवनमा भएको आक्रमणमा छ जनाको मृत्यु र ५९ जना घाइते भएका छन्।

आक्रमणपछि सार्वजनिक भएका तस्विरहरूमा भवनको माथिल्लो भागमा आगो र कालो धुवाँ प्रष्ट देख्न सकिन्छ। 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमण रोक्नका लागि आफ्ना सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई रुसभित्र आक्रमणको अनुमति दिन अपील गरेका छन्।

युक्रेनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै गत हप्ता रुसले युक्रेनमा ४०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ।

युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाइएको केही घण्टापछि रुसले युक्रेनमाथि आक्रमण गरेको हो।

जेलेन्स्की स्वयंले जान मिकोला ओलेस्चुकलाई पदबाट बर्खास्त गरेका थिए।

भदौ १५, २०८१ शनिबार ०८:४८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।