अदालतको आदेशपछि ब्राजिलमा ‘एक्स’माथि प्रतिबन्ध
एजेन्सी : ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्सलाई प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो।
कम्पनीले तोकिएको समयमा ब्राजिलमा आफ्नो कानूनी प्रतिनिधि नियुक्त नगरेको भन्दै त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।
अदालतका सबै आदेशहरू पालना नगरेसम्म र तोकिएको जरिवाना नतिरेसम्म एक्समाथि प्रतिबन्ध लगाइएको ब्राजिलको सर्वोच्च संघीय अदालतका मन्त्री अलेक्जान्डर डे मोरेसले बताए।
यस वर्ष अप्रिलमा जब न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा एक्सका दर्जनौं खाता बन्द गर्न आदेश दिएपछि एक्स र ब्राजिल सरकारबीच टकरावको स्थिति छ।
उक्त आदेशको जवाफमा एक्सका मालिक एलन मस्कले अभिव्यक्ति स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधार भएको स्मरण गराउँदै ब्राजिलका न्यायाधीशले राजनीतिक दबाबमा आएर लोकतन्त्रको आधारलाई नै ध्वस्त पारेको बताएका थिए।
भदौ १५, २०८१ शनिबार ०८:३६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।