मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

काठमाडौं : मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ।

विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

भदौ १४, २०८१ शनिबार ०७:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।