न्यूनचापीय रेखा दक्षिणतर्फ सर्दा मौसममा सुधार, राति भने भारी वर्षाको सम्भावना

न्यूनचापीय रेखा दक्षिणतर्फ सर्दा मौसममा सुधार, राति भने भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जसकारण मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा सरदर स्थान वा उत्तरतर्फ हुँदा नेपालमा बढी पानी पर्ने गर्छ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

भदौ १५, २०८१ शनिबार ०६:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।