काठमाडौंको सडक विस्तार गर्न महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो छ : बालेन

काठमाडौंको सडक विस्तार गर्न महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो छ : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न  सजिलो भएको बताएका छन्। 

शुक्रबार ३२ औं महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताए। 

उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरूबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरूले गर्दाखेरी विभागका सबै कार्य सहज तरिकाले भएका छन्। स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरूदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरू वा खाद्यान्नको अनुगमनदेखिका सबै विभागका कामहरूको लागि नगर प्रहरीको महत्वपूर्ण  भूमिका रहेको छ।’

उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरू गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे।  

उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपाथमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरूको सामना गर्नुपरेको जिकिर गरे।

भदौ १३, २०८१ शुक्रबार १७:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।