मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार

काठमाडौं : २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ।

मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले मैनालीको पुस्तकलाई मदन पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० पुरस्कारबाट सम्मान गर्ने भएको छ।

२०८० को मदन पुरस्कारका लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन–तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए।

भदौ १३, २०८१ शुक्रबार १३:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।