बाजुरामा पहिरोले कुवाडी नदी थुनियो, कर्णालीका तटीक्ष क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाजुरामा पहिरोले कुवाडी नदी थुनियो, कर्णालीका तटीक्ष क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : बाजुराको हिमाली गाउँपालिकामा कुवाडी नदी थुनिएको छ।

पालिकाले एक सूचना जारी गर्दै विहान साढे १० बजे गाउँपालिकाको वडा नम्बर १ रुम्दीमा पहिरो खसेर कुवाड़ी नदी थुनिएको जनाएको हो।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जारी गरेको सूचनामा कुवाडी र कर्णाली नदीको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, ‘कुवाडी र कर्णाली नदीको आसपासका क्षेत्रमा कुनै पनि समयमा पहिरो सहित पानीको बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहेका सम्पूर्ण सम्पूर्णलाई सतर्कता अपनाउन आग्रह गर्दछौँ।’

यसघि म्याग्दीमा पनि पहिरोका थुनिएको नदी भोलिपल्ट बगेको थियो।

भदौ १३, २०८१ शुक्रबार १२:२७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।