बबई सिंचाइको नहरले तीन वर्षीया बालिकाको मृत्यु

बबई सिंचाइको नहरले तीन वर्षीया बालिकाको मृत्यु

बर्दिया : बबई सिंचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन्।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो।

बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको थियो।

भदौ १३, २०८१ शुक्रबार १०:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।