लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २२ लाख आईपीओ जारी गर्दै, एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २२ लाख आईपीओ जारी गर्दै, एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो।

जसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

गतवर्ष भदौ १ गतेदेखि लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरेको कम्पनीले गत वर्ष पुस ६ गतेदेखि औपचारिक रूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे।

भदौ १४, २०८१ शुक्रबार ०९:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।