पाँचथर विस्फोटमा थप एक बालकको मृत्यु, छोरीपछि छोरा पनि गुमाएर दिलिपले

पाँचथर विस्फोटमा थप एक बालकको मृत्यु, छोरीपछि छोरा पनि गुमाएर दिलिपले
मृतक दिप्सन र प्रिन्सा साँवा

काठमाडौं : पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ।

विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको उपचारका क्रममा झापाको बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो।

यसअघि दिलिपकै अढाई वर्षीया छोरी प्रिन्साको अस्पतालका लागि झापा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोट हुँदा दिप्सन र प्रिन्सासँगै ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन पनि घाइते भएका थिए।

घाइते पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।

उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

घटनाबारे थपअनुसन्धान भइरहेको छ।

भदौ १३, २०८१ शुक्रबार ०९:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।