१७ प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि

काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि १७ प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरू गर्ने भएको छ।
शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदूतहरूमाथि उजुरी गर्ने उजुरीकर्ताहरूसँग छलफल गर्ने भएको हो।
समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरू गर्ने निर्णय गरेको थियो।
भदौ १४, २०८१ शुक्रबार ०८:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।