राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक बिहीबार बस्दैछ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्ने बैठकको बिहान साढे ९ बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नेछन्।

३४ वर्षको इतिहासमा केन्द्रीय सल्लाहकार समितिको बैठक पहिलो पटक बस्न लागेको हो। सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन्।

बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरु सहभागि हुनेछन्।

बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम छ।

भदौ १३, २०८१ शुक्रबार ०७:५७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।