वेस्ट बैंकमा इजरायलको कारबाही दोस्रो दिन पनि जारी, पाँच ‘चरमपन्थी’ मारिएको दाबी

वेस्ट बैंकमा इजरायलको कारबाही दोस्रो दिन पनि जारी, पाँच ‘चरमपन्थी’ मारिएको दाबी

एजेन्सी : इजरायलको सेनाले कब्जा गरेको वेस्ट बैंकमा आफ्नो सैन्य कारबाही दोस्रो दिन पनि जारी रहेको जनाएको छ।

सेनाले दोस्रो दिनको कारबाहीमा पाँच ‘चरमपन्थी’ मारेको दाबी गरेको छ। धेरै दशकपछि इजरायलले यहाँ यति ठूलो मात्रामा कारबाही गरिरहेको छ।

इजरायली सेनाले तुल्कारम, नाब्लस, टुबास, जेनिनका शरणार्थी शिविरलाई बख्तरबंद बुलडोजरले निशाना बनाएको छ।

यी शिविरहरूमा सशस्त्र प्यालेस्टिनी समूह र सर्वसाधारण बसोबास गर्ने सेनाको दाबी छ।

प्यालेस्टाइनी प्राधिकरणले पश्चिम बैंकको जेनिन, तुलकर्म, नाब्लस र तुबासमा धेरै मानिस मारिएको र धेरै घरमा क्षति पुगेको पनि जनाएको छ।

इजरायली सेनाले यसअघि नौ विद्रोही मारिएको बताएको थियो, जसमध्ये पाँच जना जेनिन र तुलकर्ममा र चार जना अल-फारा शरणार्थी शिविरमा थिए।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सेनाको आक्रमणमा हालसम्म १२ जनाको ज्यान गएको जनाएको छ।

भदौ १३, २०८१ शुक्रबार ०७:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।