इन्दिरा गान्धी बनेकी कंगनाको फिल्म ‘इमर्जेन्सी’ संकटमा, पन्जाबमा सुरु भयो विरोध

इन्दिरा गान्धी बनेकी कंगनाको फिल्म ‘इमर्जेन्सी’ संकटमा, पन्जाबमा सुरु भयो विरोध

एजेन्सी : भारतीय जनता पार्टीको सांसद तथा अभिनेत्री कङ्गना रनौत फिल्म इमर्जेन्सीका कारण विवादमा तानिएकी छिन्। फिल्मले सिख समुदायबारे भ्रामक विषय समेटेको भन्दै सिख समुदाय निरन्तर विरोधमा उत्रिएका छन्। उनको पोस्टर जलाइरहेका छन् अनि फिल्म सेन्सर गर्न माग गरिरहेका छन्।

फिल्म भदौ ६ मा रिलिज हुँदैछ। तर फिल्म रिलिज हुनुभन्दा अगाडि नै विवादमा तानिएको छ। अभिनयभन्दा राजनीतिमा बढी सक्रिय हुन थालेपछि कङ्गना आफ्नै अभिव्यक्तिका कारण समेत पटक पटक विवादमा तानिँदै आएकी छिन्।

मुस्लिम समुदाय, किसान आन्दोलनमा सहभागी किसान लगायतबारे उनले दिएको प्रतिक्रियाले उनी निरन्तर विवादमा छिन्। फिल्म इमर्जेन्सीमा उनी इन्दिरा गान्धीको भूमिकामा छिन्।

फिल्मको ट्रेलर रिलिज भए लगत्तै पन्जाबमा फिल्मको निरन्तर विरोध भइरहेको छ। शिरोमणि अकाली दल लगायतका सिख समर्थक दल र सिख नेताहरूले निरन्तर कंगनाको विरोध गरिरहेका छन्। खालिस्थान समर्थकहरु ट्रेलरको विपक्षमा जमेर विरोध प्रदर्शनमा उत्रिएका छन्।

भदौ १३, २०८१ शुक्रबार ००:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।