काठमाडौँ महानगरमा ९ सय ४२ बचत तथा ऋण सहकारीले विवरण बुझाएनन्, कुन-कुन हुन् ? सूची सहित

काठमाडौँ महानगरमा ९ सय ४२ बचत तथा ऋण सहकारीले विवरण बुझाएनन्, कुन-कुन हुन् ? सूची सहित

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्रका ९ सय बढी सहकारीले महानगरमा आवश्यक कागजपत्र बुझाएर अद्यावधि भएनन्। महानगरले सूचना निकालेर कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन र लेखा परीक्षण, साधारण सभा, सेयर सदस्यहरूको नामावली, बचत र कर्जाको विवरणसहित अद्यावधिक गर्न भनेको थियो।

तर ९ सय ४२ सहकारीले अद्यावधिक विवरणै पेस गरेनन्। महानगरपालिकाका अनुसार ६ सय ५३ वटा बचत तथा ऋण सहकारीले विवरण बुझाएर अद्यावधिक भएका छन्।

महानगरभित्र रहेका एक सय ५४ वटा बहुउद्देश्यीय सहकारीले पनि विवरण बुझाएनन्। एक सय ४४ वटाले भने बुझाए। महानगरको कार्यक्षेत्रमा रहेका १४ कृषि सहकारीमध्ये जम्मा ४ वटा मात्र अद्यावधिक भएका छन्। बाँकी १० वटाले विवरण बुझाएनन्। १४ वटा उपभोक्तामा चार वटाले मागेको विवरण बुझाएर अद्यावधिक भए भने १० वटाले बुझाएनन्।

जनस्वास्थ्य सम्बन्धी पाँच वटा सहकारी दर्ता रहेकोमा तीन वटाले विवरण बुझाएर अद्यावधिक गरे भने नरदेवी आयुर्वेद स्वास्थ्य र मुहान स्वास्थ्यले मागेको विवरणै बुझाएनन्।

पुरा सूची :

भदौ १२, २०८१ बिहीबार २३:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।