पूर्वमन्त्री शर्माको चेतावनी 'जनयुद्धलाई हिंसा देखे माओवादीलाई मान्य हुँदैन'

पूर्वमन्त्री शर्माको चेतावनी 'जनयुद्धलाई हिंसा देखे माओवादीलाई मान्य हुँदैन'

काठमाडौं : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताएकी छन्। 

दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनयुद्धले ल्याएको उपलब्धिमा देश अगाडि बढेकाले जनयुद्धलाई हिंसा देख्नु गलत भएको बताइन्। 

पटकपटक जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यसले देशको शान्ति प्रकृया बिथोल्ने दाबी गरिन्।  

देशको शान्ति प्रकृया निष्कर्षमा पुग्ने बेला यस्ता अभिव्यक्ति आउनु गलत भएको उनको भनाइ छ। 

उनले माओवादीले दश वर्ष युद्ध लडेर ल्याएको उपलब्धिको जगमा देशको शासन व्यवस्था सञ्चालन भइरहेकाले त्यसको विरोध गर्नु औचित्यहिन भएको बताइन्। 

बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई 'हिंसा'को संज्ञा दिएका थिए।

भदौ १२, २०८१ बिहीबार २०:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।