चितवनमा चट्याङ लागेर ५० वर्षीय पुरुषको मृत्यु

चितवनमा चट्याङ लागेर ५० वर्षीय पुरुषको मृत्यु

काठमाडौं : चितवनको कालिका नगरपालिका-१० स्थित पाईमराङमा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चट्याङ लागेर पाईमराङका ५० वर्षीय दिलबहादुर प्रजाको मृत्यु भएको छ। घरदेखि एक किलोमिटर पूर्वतर्फ आफन्तको घरमा गएको बेलामा आज दिउँसो ३ बजे उनलाई चट्याङ लागेको थियो। 

त्यसैगरी सोही चट्याङ लागेर सोही स्थानकी २४ वर्षीय सरिता चेपाङ घाइते भएको यादवले जानकारी दिए। 

घाइते चेपाङको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ। 

घाइते चेपाङको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । 

भदौ १२, २०८१ बिहीबार २०:२३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।