टीआरसी सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

टीआरसी सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टी​​​​​​आरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरे। 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो। 

भदौ १२, २०८१ बिहीबार १८:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।