प्रचण्डले नेपाल बंगलादेश बन्नसक्ने भनेपछि गगनले भने 'प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुस्'

प्रचण्डले नेपाल बंगलादेश बन्नसक्ने भनेपछि गगनले भने 'प्रचण्डज्यू, उत्तेजनाको राजनीति नगर्नुस्'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गाह्रो हुने भन्दै प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न सुझाएका दिए। 

‘पूर्वप्रधानमन्त्रीले हिजो बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलंका होलासम्म भन्न भ्याउनुभयो। धर्मपाठमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला। विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ। एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि?’ उनले भने। 

उत्तेजनाको राजनीतिक सजिलो चेतनाको राजनीति गाह्रो हुने भन्दै उनले थपे, ‘आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ ,आफैंलाई जलाउन सक्छ। बाल्न सजिलो छ, निभाउन गाह्रो छ। उत्तेजनको राजनीति बढो सहज हुन्छ। चेतनाको राजनीति एकदमै गाह्रो हुन्छ।’ 

भदौ १२, २०८१ बिहीबार १५:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।