बाँकेमा अनियन्त्रित भएर बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

बाँकेमा अनियन्त्रित भएर बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं : बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनले दुर्घटनामा परी दाङको तुल्सीपुरका  ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको बताए। 

दुर्घटनामा घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बस अनियन्त्रित भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

भदौ १२, २०८१ बिहीबार १४:५३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।