१५ वर्षीया किशोरीलाई वनमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१५ वर्षीया किशोरीलाई वनमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्युठान : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृति गाउँपालिका-४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विक रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका-२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडित किशोरीलाई मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

भदौ १२, २०८१ बिहीबार १३:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।