अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं : अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। राजधानीको सोल्टी होटलमा भएको विशेष साधारणसभाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।
सभाले वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा चयन भएका छन्।
यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भए।
सभामा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुपर्नेमा जोड दिए।
साथै आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी, निर्यात र पर्यटन प्रवर्द्धन हुनुपर्ने बताए। देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह विषयमा समेत उनल जोड दिए।
भदौ १३, २०८१ बिहीबार ११:१०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।