एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : सत्ताधारी एमालेको सचिवालय बैठक बस्दैछ।

बैठक दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ।

यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले  सचिवालय बैठकको एजेन्डा तय गरेको थियो।

पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र छ जना सचिव सहभागी थिए।

भदौ १२, २०८१ बिहीबार ०८:४४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।