ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स मल्टीस्पेशालिटी क्लिनिक डाइग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्म छुट
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले ललितपुरस्थित मेडेक्स मल्टीस्पेशालिटी क्लिनिक डाइग्नोस्टिक सेन्टरमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लिनिकमा इन-हाउस परीक्षणहरू गराउँदा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्र्याङ्क्युलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
साथै, लुगा लुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
भदौ १२, २०८१ बिहीबार ०७:५६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।