विश्वका रोचक खबर सात तस्बिरमा : पारालम्पिकका आत्मविश्वासी पौडीबाज एइगोदेखि स्पेनको टोमाटिना उत्सवसम्म

विश्वका रोचक खबर सात तस्बिरमा : पारालम्पिकका आत्मविश्वासी पौडीबाज एइगोदेखि स्पेनको टोमाटिना उत्सवसम्म

काठमाडौँ : अस्ट्रेलियामा भइरहेको पारालम्पिक प्रतियोगितामा विभिन्न देशका प्रतिष्पर्धीहरु सहभागी छिन्। त्यस्तै सहभागीमध्ये एक हुन् जापानका २० वर्षीय एइगो तनाका। २०२४ पारालम्पिकको तयारीका लागि उनी वार्मअप सत्रमा आफ्नो खुट्टाको प्रयोग गरेर बोतलबाट पानी पिउँदै गरेको दृश्य निकै आत्मविश्वासी देखिएको थियो।

अस्ट्रेलियाका पारालम्पिक पौडीबाज अहमद केलि बुधवार फ्रान्सको पेरिसमा २०२४ पारालम्पिकको तयारीका लागि प्रशिक्षण सत्रमा अभ्यास गर्दै गरेको देखिए।

अब बाँकी तस्बिर समाचार :

किताब प्रेम : केन्द्रीय गाजा पट्टीको मघाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा लक्षित भवन बाहिर बालबालिकाहरू।

गोलभेँडा हान्ने महोत्सव : स्पेनको पूर्वी सहर बुनोलमा वार्षिक "टोमाटिना" महोत्सवमा सहभागी हुँदै। हजारौँ मानिसहरू एक अर्कालाई गोलभेँडा फ्याँक्न स्पेनको वार्षिक "टोमाटिना" सडकमा भेला हुन्छन्।

सलमानको नजर : बलिउड अभिनेता सलमान खान मुम्बईमा विद्यार्थीहरूद्वारा निर्मित हिन्दु देवता गणेशको वातावरण-मैत्री मूर्तिहरूको अनावरण समारोहमा उपस्थित हुँदै।

मुखै छोप्ने बनाए : स्पेनको म्याड्रिडमा रहेको वालेकास स्टेडियममा रायो वालेकानो र बार्सिलोना बिचको स्पेनिस ला लिगा फुटबल खेलपछि रायोका अब्दुल मुमिनको प्रतिक्रिया।

फूलको आँखामा : उत्तर-पूर्वी चीनको जिलिन प्रान्तको सोङ्युआन सहरमा चागान लेक राष्ट्रिय प्रकृति रिजर्भका फूलहरू माझ पर्यटकहरू रमाउँदै।

 

 

भदौ १२, २०८१ बुधबार २३:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।